यही असोज ३ गते पर्ने नेपालको चौँथो संविधान दिवसको अवसरमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले अमेरिकी सहर न्युयोर्कमा कार्यक्रम आयोजना गरेको छ। स्थायी नेपाली नियोग र नेपालको कन्सुलेट जनरलले संयुक्त रुपमा उक्त कार्यक्रम गरेको हो।
राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि तथा दूत अमृत बहादुर राईको उपस्थितिमा आयोजित कार्यक्रममा नेपाल सदीयौँदेखि शान्तिको देश रहेको बताइएको थियो। चार वर्षअघि असोज ३ मा दोस्रो संविधानसभाले नेपालको संविधान २०७२ निर्माण गरेको थियो। नयाँ संविधानसँगै नेपाल लामो द्वन्द्वबाट मुक्त हुँदै विकासको नयाँ युगमा प्रवेश गरेको थियो।
साथै कार्यक्रममा नेपालले मनाउनलागेको भिजिट नेपाल २०२० को पनि प्रवद्र्धन गरिएको न्युयोर्कबाट कूटनीतिक नियोगले पठाएको प्रेस वक्तव्यमा जनाइएको छ।
प्रतिक्रिया