ग्लोबल

Tata MotorsTata Motors

एनआरसीमा छुटेका गाेर्खालाई आस्वस्त बनाउँदै गाेर्खाली संस्थादेखि केन्द्रीय मन्त्रीसम्म


शैलेन्द्र समदर्शी
 दार्जिलिङ, भदौ १६

ऐतिहासिक असम सम्झौता १९८५ अन्तर्गत लागू गरिएको राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी)- कति संख्यामा नेपालीभाषी गोर्खाहरू छुटिए भन्नेसम्बन्धमा निश्चित आंकड़ा प्रकाशमा आएको छैन। यो आंकड़ा प्रकाशमा आउन करिब एक साता समय लाग्नेसक्ने अनुमान गरिएको छ।

धेरैले करिब १ लाख गोर्खा एनआरसीमा नपरेको बताइरहेका छन्। यद्यपि यो संख्या आधिकारिक आंकड़ा होइन, उनीहरूले लगाएको अनुमान मात्र हो। अनुमान लगाएरै १ लाखभन्दा बढ़ी सङ्ख्या बताउने केही मानिसले पनि यो सङ्ख्या कम्ती हुनसक्ने बताइसकेका छन्।

यद्यपि आधिकारिक आंकड़ा हात नपरेसम्म एनआरसीबाट यति गोर्खा छुटे भनेर किटान गरिहाल्नु हतारो मात्र हुनेछ। असम गोर्खा सम्मेलनका महासचिव किशोर उपाध्यायका अनुसार एनआरसीमा छुट्ने गोर्खाहरूको सङ्ख्या करिब ६० हजारभन्दा धेर नहुनसक्छ। ‘हो खाँटी असमेली गोर्खाहरू पनि एनआरसीबाट छुटेका छन्। तर, मेरो अनुमानको आधार यो सङ्ख्या करिब ६० हजारभन्दा धेर नहुनुपर्ने हो’, उपाध्यायले नेपालखबरसँग कुराकानीअवधि भने।

किशोर उपाध्याय असमका सत्तारूढ़ पार्टी भाजपाका प्रदेश महासचिव पनि हुन्। ‘आधिकारिक आंकड़ा हातमा नआएसम्म १ लाखभन्दा बढ़ी गोर्खा एनआरसीबाट छुटिए भन्नु ‘पेनिक’ बनाउनु मात्र हो’, उनले थपे, ‘छुट्नेहरूको सङ्ख्या ६० हजारभन्दा बढ़ी छजस्तो मलाई लाग्दैन।’ उपाध्यायकै दिदीको नाम पनि एनआरसीबाट छुटेको छ। ‘मेरा दाजु-भाइ, आमा-बाबा सबैको नाम एनआरसीमा आयो। तर, दिदीको नाम आएन’, उनले दाबी गरे, ‘यो त्यति ठूलो समस्या होइन। दिदीको नाम अवश्यै एनआरसीमा पर्नेछ। नाम छुट्नेहरूका लागि सरकारले आवेदन गर्नका लागि पर्याप्त समय दिएको छ।’

दिदीको नाम के कारण एनआरसीबाट छुटे त? यसको निश्चित कारण उनलाई थाह छैन। तक्निकी कारणले नाम छुटेको हुनसक्ने उनको अनुमान छ। यसरी नाम छुट्नेहरूमा उनकी दिदी मात्र होइनन्, धेरै छन्। उनका अनुसार यस्ता गल्ती धेरै छन्। कसैका बावु-आमाको नाम एनआरसीमा छ। तर, छोरा-छोरीको नाम छैन। कसैका छोरा-छोरीको नाम एनआरसीमा छ। तर, आमा-बावुकै नाम छैन।

‘यस्ता गल्ती संशोधित हुँदै जाँदा अन्त्यमा १५-२० हजार गोर्खा एनआरसीमा नपर्न सक्छन्’, किशोर उपाध्यायले थपे, ‘तथापि हाम्रा मानिसहरूले चिन्ता गर्नुपर्ने ठूलो कुनै कारण छैन। सरकारले कुनै कानून बनाएर पनि ती छोड़िएकाहरूलाई केही व्यवस्था गर्नेछ।’

अर्कोतिर, असमका गोर्खाहरूको चारवटा शीर्षस्थ सङ्गठन क्रमैले असम गोर्खा स्टुडेन्ट युनियन, असम गोर्खा सम्मेलन, असम नेपाली साहित्य सभा र भारतीय गोर्खा परिसङ्घ असम राज्य कमिटीको आइतवार सभा बस्यो। असम गोर्खा स्टुडेन्ट युनियनका अध्यक्ष प्रेम तामाङले सभामा विशेषगरी एनआरसीमा गोर्खाहरू छुटिएको विषयमा चर्चा परिचर्चा गरिएको बताए। तामाङका अनुसार चारै सङ्गठनले एनआरसीमा नाम नपरेका गोर्खाहरूका लागि विगतदेखि कार्य गर्दै आएको र आगत दिनमा पनि काम गर्ने प्रतिबद्धता जाहेर गर्दै छुटिएका गोर्खाहरू चिन्तित नहुने अपीलसमेत गरेका छन्।

प्रेम तामाङका अनुसार एनआरसीमा छुट्ने गोर्खाहरूमा धेरजसो महिला छन्। सानैमा विवाह भएका धेरजसो महिलाले आफ्नो र आफ्ना बावुका सटिक दस्तावेजहरू बुझाउन नसकेकोले यस्तो समस्या सिर्जना भएको उनको भनाइ छ। ‘यो ठूलो समस्या होइन, त्यस्ता महिलाहरूको नाम एनआरसीमा पर्नेछ’, आग्सु अध्यक्ष तामाङको दाबी छ।

यसैबीच, दार्जिलिङका सांसद राजु विष्टले पनि असमका १ लाख गोर्खा एनआरसीबाट छोड़िए भन्ने कुरालाई निराधार र अफवाह बताएका छन्। आधिकारिक आंकड़ा सार्वजनिक नभएसम्म यति छोड़िए र उति छोड़िए भनेर बयानबाजी गर्नु जनतामा भ्रम फैलाउनु मात्र हुने विष्टको भनाइ छ। ‘एनआरसीबाट एक लाखभन्दा बढ़ी गोर्खा छुटिए भन्ने कुरा मानिसहरूको शुद्ध अनुमान मात्र हो। केही दिनपछि हाम्रो हातमा आधिकारिक आंकड़ा हात परेपछि मात्र यति गोर्खा एनआरसीबाट छुटिए भन्ने तथ्यसँग भन्नसक्छौं।’

उनले एनआरसीमा गोर्खाहरू नपरेको विषयमा केन्द्र र असम सरकारलगायत त्यहाँका गोर्खा सङ्गठनहरूसँग निरन्तर सम्पर्कमा रहेको पनि बताएका छन्। ‘हाम्रा मानिसहरू डराउनु पर्ने कुरा छैन’, विष्टको भनाइ थियो, ‘गृहमन्त्री अमित साहले एनआरसीमा गोर्खाहरू सुरक्षित रहेको आश्वासन पहिला नै दिइसकेका छन्। यसभन्दा अघि असममा मुख्यमन्त्री सर्वानन्द सोनोवाल र पूर्व गृहमन्त्री (अहिले रक्षामन्त्री) राजनाथ सिंहले पनि एनआरसीमा गोर्खाहरू सुरक्षित रहने आश्वासन दिएका थिए।’

भदौ १६, २०७६, सोमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors