ad ad

ग्लोबल


अमेरिकी विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई स्वागत

अमेरिकी विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई स्वागत

नेपालखबर
भदौ १६, २०७६ सोमबार ७:२५,

 संयुक्त राज्य अमेरिकाको इलिनोइ राज्य, कार्वोन्डेलस्थित साउर्दन इलिनोइ विश्वविद्यालयमा विभिन्न संकायमा स्नातक, स्नातकत्तोर र विद्यावारिधिमा अध्ययनरत नेपाली विद्यार्थीहरुको साझा संगठन नेपाली विद्यार्थी समाजले यसै वर्ष विश्वविद्यालयमा भर्ना भएका नयाँ नेपाली विद्यार्थीलाई स्वागत कार्यक्रमको आयोजना गरेको छ।

नेपाली विद्यार्थी समाज (२०१८/२०१९)का अध्यक्ष सञ्जिव रेग्मीको नेतृत्वमा भएको कार्यक्रममा विश्वविद्यालयका सेन्टर फर ईन्टरनेशनल एजुकेशनका निर्देशक डा. एन्ड्रु कार्भर र समुदाय र शैक्षिक कार्यक्रम संयोजक एवम् नेपाली विद्यार्थी समाजका सल्लाहकार डा. इलेन कोन्राडको उपस्थित थिए।

कार्यक्रमबाट आगामी वर्ष (२०१९/२०२०)को नयाँ बोर्ड सदस्यहरूको समेत चयन गरेको छ। निर्वाचनबाट रसाएन शास्त्रमा विद्यावारिधि गरिरहेका कृष्ण पाण्डे आगामी वर्षका लागि बोर्ड अध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्षमा प्रविन पराजुली, सचिव कृष्ण शर्मा, कोषाध्यक्ष एलिजा तन्डुकार, सोसल चेयर बिदुर भुर्तेल र सदस्यहरु प्रशान्त बराल, इकबाल रइन र राजु झा निर्वाचित भएका छन्।

यो वर्ष साउर्दन इलिनोइ विश्वविद्यालयमा विभिन्न संकायमा गरी २२ नयाँ नेपाली विद्यार्थी स्नातक, स्नातकत्तोर र विद्यावारिधिका लागि भर्ना भएका छन्। नेपाली विद्यर्थी समाज कार्वोन्डेलले प्रत्येक वर्ष नयाँ नेपाली विद्यार्थीहरुको स्वागत, तीज दशैँ तिहार होली लगायतका नेपाली संस्कृति झल्किने पर्वहरु मनाउनका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .