ग्लोबल

Tata MotorsTata Motors

अमेरिकामा नेपाली हत्या गर्नेलाई ६० वर्ष जेल सजाय

दिवंगत रेशम बजगाईं


विजय थापा
वासिंगटन डिसी (अमेरिका), भदौ १०

 अमेरिकामा गत वर्ष हत्या भएका रेशम बजगाईंका अभियुक्तलाई अदालतले ६० वर्ष जेल सजायको फैसला सुनाएको छ। भर्जिनिया फेयर फ्याक्स काउन्टी सर्किट अदालतले बजगाईंको हत्यामा संलग्न मोहमद ए अब्दुल्लाहीको हकमा २५ हजार अमेरिकी डलर जरिवाना पनि तोकेको छ।

अदालतद्वारा गठित जुरीको सिफारिशमा न्यायाधीशले फैसला सुनाएका हुन्। हत्यामा दोषी मोहमद २०१९ नोभेम्बर २२ मा जेल चलान हुनेछन्।

भर्जिनियाको हरन्डन सहरस्थित सुनोको पेट्रोल पम्पमा कार्यरत रहँदा रेशममाथि सन् २०१८ जुलाई ४ मा आक्रमण भएको थियो। आगो निभाउने उपकरणले प्रहार गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। सो चोटका कारण उनको मृत्यु भएको थियो।

प्रहरी अनुसन्धानले फलामे चिजले प्रहार गरी एवं घाँटी न्याकेर उनको हत्या भएको प्रमाणित गरेको छ। फैसलाअघि घटनाका सम्पूर्ण प्रमाण अदालत न्यायाधीश समक्ष पेश गरिएको थियो।

यो प्रकरणको सुनुवाइ गरेको भर्जिनिया अदालतले दुई चरणमा फैसला सुनाएको हो। पहिलो चरणमा हत्यालाई प्रथम श्रेणीको हत्या किटानी गरेको थियो। प्रथम श्रेणीको हत्याका लागि कम्तिमा २० वर्ष र बढीमा जन्मकैद हुन्छ।

दोस्रो चरणको सुनुवाईपछि ६० वर्ष कैदको फैसला आएको हो। प्रहरीले घटनापछि गत वर्ष नै हत्याका अभिव्युक्त मोहमदलाई पक्राउ गरेको थियो। अब उनी प्रथम श्रेणीको हत्यामा दोषी ठहर भएका छन्।

४० वर्षीय रेशम बजागाईं सन् २०१७ मा अमेरिका आएका थिए। उनी उक्त पेट्रोल पम्पमा हप्तामा एक पटक मात्र काम गर्थे।

रेशम पत्नी तथा छोरीसहित अमेरिकाको डिसी महानगर क्षेत्रको हरन्डन आसपास बसोबास गर्दैआएका थिए। हरन्डनको किनमेल गर्ने बजारस्थित १३३०० ब्लक अफ फ्रान्कलीन फर्ममा घटाना भएको थियो।

भदौ १०, २०७६, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors