ग्लोबल

Tata MotorsTata Motors

काठमाडौं-दार्जीलिङ सिधा बस सिलगढ़ी आइपुग्याे


नेपालखबर
दार्जिलिङ, भदौ १०

दार्जीलिङ-गान्तोकबाट काठमाडौं जाने यात्रीहरू अब काँकरभिट्टा गइरहन पर्दैनन्। उनीहरू सिलगढ़ीबाटै बस चढ़ेर काठमाडौं पुग्नेछन्।

काठमाडौंदेखि दार्जीलिङको सिलगढ़ीबीच भारत-नेपाल मैत्री बस सेवा शुरु भएको छ। सोमवार काठमाडौंबाट अपराह्न हिँड़ेको बस मङ्गलवार बिहान सिलगढ़ी आइपुगेको छ। जानकारीका अनुसार यो बस सेवा भारत-नेपाल १०औं मैत्री बस सेवा हो।

नेपालका भाैतिक याेजना तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ र नेपालका लागी भारतीय राजदूत मनजीत सिंह पुरीले सोमबार काठमाडौंमा यो मैत्री बस सेवालाई संयुक्त रूपले हरियो झण्डा देखाएका थिए। भारतको ग्रिनलाइन र नेपालको संयुक्त यातायात प्रालिले यो दैनिक बस सेवाका लागि सम्झौता गरेका छन्।

जानकारीका अनुसार उक्त बस सिलगढ़ीबाट प्रतिदिन अपराह्न ३ बजे छुट्नेछ भने भोलिपल्ट बिहान ९ बजे काठमाडौं पुग्नेछ। काठमाडौंबाट पनि अपराह्न ३ बजे बस हिँड़ेर भोलिपल्ट ९ बजे सिलगढ़ी आइपुग्नेछ।

दार्जीलिङको सिलगढ़ीबाट काँकरभिट्टा हुँदै काठमाड़ौं आउ-जाउ गर्ने यो पहिलो बस सेवा हो। सिलगढ़ीनिवासी बसका प्रभारी अशोक बराइलीका अनुसार आज काठमाडौंदेखि सिलगढ़ीसम्म ट्रायल रन गरिएको हो। उनका अनुसार आगामी ५-६ दिनभित्र पूर्ण रूपले बस सेवा शुरु हुनेछ।

दुई देशबीच पर्यटन र व्यापारिक सम्बन्धलाई बढ़ावा दिनका लागि सिलगढ़ी-काठमाड़ौंबीच मैत्री बस सेवा शुरु गरिएको बताइएको छ।

ट्रायल रनमा काठमाडौंबाट सिलगढ़ी आउने यात्रीको सङ्ख्याको पाँच थिए। जसमा बराइलीसमेत ग्रिनलाइन यातायातका मालिकलगायत काठमाडौंबाट अन्य तीनजना रहेका थिए। यद्यपि आज ९ बजेको सट्टा केही अबेर गरी ११ बजे आइपुगेको थियाे। चेकपोस्ट प्रोटोकल पूरा गर्दा करिब दुईघण्टा अबेर भएको उनको भनाइ छ।

४४सीट रहेको उक्त वातानुकूलित डिलक्स बसमा वाइफाइको सुविधासमेत छ। सिलगढ़ी-काठमाड़ौं भाड़ा भारु १२०० (नेरु दुई हजार) छ।

स्मरण रहोस्, २०१४मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भ्रमणमा जाँदा दुवै देशका यात्रीहरू दुईतिरै आउजाउका लागि निर्बाध र बिनाकुनै समस्या यात्रा र पर्यटनलाई बढ़ावा दिनका लागि एक सम्झौता गरेका थिए। तत्अनुरुप नै यो बस सेवा शुरु भएको बताइएको छ।

अर्कोतिर, काठमाड़ौं-सिलगढ़ी मैत्री बस सेवा शुरु भएपछि दार्जिलिङलगायत उत्तर बङ्गालका पर्यटन हितधारकहरू अत्यधिक खुशी भएका छन्। यसले पर्यटनसँग सँगै दुई देशबीच व्यापारिक सम्बन्ध बलियो हुने कुरामा क्षेत्रका पर्यटन हितधारकहरू विश्वस्त छन्। हिमालयन हस्पिट्यालिटी एन्ड डुरिज्म डेभलपमेन्ट नेटवर्कका अध्यक्ष सम्राट सन्याल भन्छन्, ‘सिलगढ़ी-काठमाड़ौं मैत्री बस सेवाले भारत-नेपालको पर्यटन विकासमा सघाउ मात्र पुग्ने छैन। तर, दुवै देशबीचको सम्बन्ध पनि प्रगाढ़ हुनेछ।’

काठमाड़ौं-सिलगढ़ी मैत्री बस सेवाले पर्यटन विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा ट्राभल्स एसोसिएशन झापाका अध्यक्ष नीरबहादुर (नेत्र) कार्की पनि विश्वस्त छन्। ‘हामीलाई आशा छ, यो बस सेवाले दुई देशबीचको पर्यटन व्यवसाय बढ़ावा दिनका साथै र व्यापार सम्बन्धलाई बलियो बनाउनेछ’, कार्कीले नेपालखबरलाई भने।

भदौ १०, २०७६, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors