ad ad

ग्लोबल


टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्को हप्तादेखि कोरोना खोप लगाइने

टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्को हप्तादेखि कोरोना खोप लगाइने

नेपालखबर
जेठ १३, २०७८ बिहिबार ९:८,

जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी टोकियोमा हुन गइरहेको ओलम्पिक खेलमा सहभागी हुनुपर्ने ती प्रतिनिधि एवं खेलाडीहरुलाई आगामी जुन १ तारिखबाट खोप लगाउन शुरु गरिने जानकारी दिइएको छ ।

समाचारअनुसार जापानको ओलम्पिक कमिटीले आगामी मंगलबारबाट ती प्रतिनिधिहरुलाई खोप लगाइने भएको हो। सो ओलम्पिकमा जापानका एक हजार ६०० एथलेटिक्सका खेलाडी, सरकारी अधिकारीहरु र प्रशिक्षकहरु हुने बताइएको छ।

उनीहरुलाई आगामी मंगबालरबाट टोकियोमा रहेको नेशनल ट्रेनिङ सेन्टरमा खोप दिइने छ। ती प्रतिनिधिहरुलाई अमेरिकाको खोप निर्माता कम्पनी फाइजर आइएनसीले खोप प्रदान गर्नेछन्।

जापान सरकारले यहाँका नागरिकलाई खोप लगाइरहेको छ। तर पनि जापानमा अहिलेसम्म जम्मा दुई प्रतिशत नागरिकलाई मात्र खोप दिइएको छ।

जापानको राजधानी टोकियोमा आगामी जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म ओलम्पिक खेलको आयोजना गरिएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .