ad ad

ग्लोबल


नेपालमा कोरोना महामारी बढ्दै गएपछि एनआरएनएले बोलायो आकस्मिक बैठक

नेपालमा कोरोना महामारी बढ्दै गएपछि एनआरएनएले बोलायो आकस्मिक बैठक

नेपालखबर
बैशाख २५, २०७८ शनिबार ०:५१,

नेपालमा कोरोना महामारी दिनप्रतिदिन बढ्दै गएपछि यसको नियन्त्रणमा सहयोग गर्ने विषयमा छलफल गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आकस्मिक बैठक बोलाएको छ।

महामारीका बेला संघका तर्फबाट भइरहेका सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक राख्न लागिएको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए।

उनका अनुसार बैठकमा विश्वभर छरिएर रहेका नेपाली मेडिकल डाक्टर, नर्स र नेपालको स्वास्थ्य प्राधिकरणसँग एनआरएनएको स्वास्थ्य समितिले समन्वय गरी कोरोना नियन्त्रणविरुद्ध कार्ययोजना प्रस्ताव तयार पार्ने विषयमा छलफल गरिनेछ।

नेपाली समयअनुसार शनिबार साँझ ६ बजे जुममार्फत हुने बैठकमा राष्ट्रिय समिति परिषद्का अध्यक्ष तथा महासचिव, अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी, सदस्य र मनार्थ परिषद सदस्यलाई आमन्त्रण गरिएको छ।

हालसम्म एनआरएनए जापानका तर्फबाट कोभिडपीडित राहत कोषमा ५ लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता आएको संघले जनाएको छ।

एनसीसी बहराइनबाट ६ लाख तथा एनसीसी जर्मनीबाट १ लाख रुपैयाँ संघको खातामा जम्मा भइसकेको छ।

एनआरएनए अमेरिका र अस्ट्रेलियाले सहयोग जुटाउन छलफल सुरु गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .