ad ad

ग्लोबल


कोभिड-१९ बाट विदेशमा थप चार नेपालीको मृत्यु

कोभिड-१९ बाट विदेशमा थप चार नेपालीको मृत्यु

नेपालखबर
चैत २२, २०७७ आइतबार १४:२३,

कोरोना भाइरस संक्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता कतारमा तीन र रुसमा एक गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

संघका अनुसार कोरोना संक्रमणका कारण शनिबार साँझसम्म २३ देशमा रहेका ३४९ नेपालीको निधन भएको छ।

उनका अनुसार यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ। हालसम्म ५४ देशमा ६५ हजार २८७ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६२ हजार ६६३ कोरोना संक्रमणमुक्त भएका छन्।

पछिल्लो समय नेपालसहित विश्वका विभिन्न मुलुकमा पनि कोरोनाको जोखिम थप बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन संघले अनुरोध गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .