ad ad

ग्लोबल


विस्फोटक पदार्थ बोकेर नेपाल आउँदै गरेका राई सिलगढीमा पक्राउ (भिडियो)

विस्फोटक पदार्थ बोकेर नेपाल आउँदै गरेका राई सिलगढीमा पक्राउ (भिडियो)

नेपालखबर
जेठ १८, २०७६ शनिबार २०:३५,

आइतबार बिहान ११ः३० बजे भारतीय सशस्त्र सीमा बल (एसएसबी) को ४१ बटालियनका जवानहरूले पानीट्याङ्कीस्थित सीमा चौकीमा जाँच गर्ने क्रममा नेपाली नागरिक ३३ वर्षीय प्रसाद राईलाई विस्फोट पदार्थसहित पक्राउ गरेका हुन्।

एसएसबी ४१ बटालियनका कमान्डेन्ट राजीव राणाले आइतबार नै पत्रकार सम्मेलन गरि घटनाबारे जानकारी दिएका छन्। राणाका अनुसार पक्राउ परेका प्रसाद राई मेघालयको शिलङबाट पानीट्याङ्की हुँदै नेपालको भोजपुरतिर गइरहेका थिए।

कमान्डेन्ट राणाका अनुसार राईबाट नेगेल ९० को ४० प्याकेट विस्फोटक, सय वटा विद्युत डेटोनेटर, थप अन्य विस्फोटक पदार्थ, परिचयपत्र र मोबाइल ह्यान्डसेट बरामद गरिएको छ।

पक्राउ परेका राई र उनीबाट बरामद गरिएका विस्फोटक सामाग्री एसएसबीले खोरीबारी प्रहरी चौकीलाई बुझाएको छ। खोरीबारी प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको र राईलाई आइतबार नै सिलगढी अदालतमा प्रस्तुत गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .