ad ad

ग्लोबल


एनआरएनए महासचिवमा डा.शर्माको दाबेदारी

एनआरएनए महासचिवमा डा.शर्माको दाबेदारी

नेपालखबर
साउन १७, २०७६ शुक्रबार ११:५५,

गैरआवासीय नेपाली संघका सल्लाहकार डा.हेमराज शर्माले आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन्। एक अपिल जारी गर्दै संस्थामा अनुभवी व्यक्तिको आवश्यकता महसुस भएकाले आफू चुनाबी मैदानमा आउनु परेको उनले प्रस्ट्याएका छन्।

‘अहिलेसम्म मैले बाहिर बसेरै काम गरेर देखाएँ। अहिले संस्थालाई मजस्ता अनुभी व्यक्तिको आवश्यकता महसुस भइरहेकाले चुनाबी मैदानमा जाने निर्णय गरेको छु’, उनले भनेका छन्।

डा.शर्मा वेलायतस्थित लिभरपुल विश्वविद्यालयमा रसायनशास्त्रका प्राध्यापक हुन्। १० जनाभन्दा बढी विद्यार्थीको विद्यावारिधि सुपरभाइज गरिसकेका उनको नेतृत्वमा सन् २०१८ काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो।

संघको नयाँ विधान (२००७ मा परिमार्जित) को खाका र नियमावलीका मस्यौदाकार समेत रहेका उनले सचविचार एवं साथीहरुको प्रेरणाले महासचिवमा उम्मेदवार बन्न लागेको उललेख गरेका छन्।

‘मैले धेरै सोचविचार गरेर नै चुनावमा जाने र महासचिव पदमा उठ्ने निर्णय गरेको हुँ मभन्दा दक्ष साथीहरु महासचिवको लागि मैदानमा आउनुहुन्छ भने सम्वाद गर्न सकिन्छ अन्यथा मैदानबाट हट्ने कुरा हुँदैन’, उनले भनेका छन्, ‘हाल कार्यसमितिमा रहेका साथीहरुलाई विस्थापित गरेर वा कसैलाई अप्ठ्यारोमा पार्न म चुनावमा आउन खोजेको होइन आ–आफ्नो योगदान, दक्षता र अनुभवअनुसार पदमा बस्न तयार हुने हो भने सबै साथीहरुले स्पेस पाउनु नै हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .