ad ad

ग्लोबल


पोर्चुगलमा भएको सडक दुर्घटनामा नेपाली युवाको मृत्यु

पोर्चुगलमा भएको सडक दुर्घटनामा नेपाली युवाको मृत्यु

नेपालखबर
जेठ २७, २०७६ सोमबार ५:४५,

पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै तीन सय ८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा शुक्रबार साइकलमा सवार रिजाललाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते रिजालको उपचारका क्रममा सोही राति निधन भएको पोर्चुगलमै बस्दै आएका उनका दाजु अमृत रिजालले जानकारी दिए। मोटर साइकल चालक ४२ वर्षीय पोर्चुगाली डिनेश पनि गम्भीर घाइते भएका छन्।

उनको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक स्रोतले जनाएको छ। दाह संस्कारका लागि आवश्यक कानूनी प्रक्रिया शुरु भइसकेको एनआरएनए पोर्चुगल अध्यक्ष कुबेर कार्कीले जानकारी दिए।

सन् २०१९ को पाँच महिनामा चार नेपालीले पोर्चुगलमा विभिन्न दुर्घटनामा मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .