ad ad

ग्लोबल


अमेरिकी सिनेटर एरिक्सन भन्छन्ः नेपाल पहिलो रोजाइमा छ

अमेरिकी सिनेटर एरिक्सन भन्छन्ः नेपाल पहिलो रोजाइमा छ

होमप्रसाद लम्साल
साउन १३, २०७६ सोमबार ८:११,

टेक्सस (अमेरिका)–अमेरिकी सिनेटर डोग एरिक्सनले नेपाल भ्रमण आफ्नो पहिलो रोजाइमा रहेको बताएका छन्। वासिंटन स्टेटका सिनेटर एरिक्सनले विकासोन्मुख मुलुकमध्ये नेपालसँग मिलेर काम गर्ने विषय आफ्नो छनौटमा रहेको समेत जनाएका छन्।

‘विकासोन्मुख मुलुकहरुसँग काम गर्ने विषयमा नेपाल मेरो पहिलो रोजाइमा छ। नेपाल सरकारसँग सहकार्य गर्दै काम गर्न म छिटै नेपाल भ्रमण गर्न चाहन्छु’, सत्तारुढ रिपब्लिकन पार्टीका सिनेटर उनले नेपाली वाणिज्यदूतावास सियाटलद्वारा आयोजित कार्यक्रममा यस्तो भनाइ राखेका हुन्।

‘नेपाली र अमेरिकाका व्यवसायीका लागि बिजनेस कोलाब्रेसन, लगानी अवसर तथा भिजिन नेपाल २०२०’ शीर्षकमा वाणिज्यदूतावासले आयोजना गरेको कार्यक्रममा उनी सहभागी थिए। ‘म मेरो नेपाल भ्रमणबारे छिटै सियाटलका लागि नेपाली वाणिज्यदूत एसी शेर्पासँग भेटवार्ता गर्नेछु। त्यसपछि मिति तय हुनेछ’, उनले भने।

कार्यक्रममा बोल्दै अमेरिकाका लागि नेपाली राजदुत डा.अर्जुन कार्कीले अमेरिकी सरकारको नेपाललाई गरिरहेको सहयोगको सरहाना गर्दै ७७ विभिन्न वस्तुमा दिइएको भन्सार छूटबाट नेपाली व्यवसायी लाभान्वित भइरहेको उल्लेख गरे।

home lamsal1कार्यक्रमलाइ सम्बोन गर्दै पूर्व अमेरिकी राजदूत डेसिसी

कार्यक्रममा नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट एच डेलिसी समेत सहभागी थिए। आफ्नो नेपाल बसाइ स्मरण गर्दै उनले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएको सुनाए। ‘नेपाल मेरो सबैभन्दा मनपर्ने स्थानमध्ये एक हो। त्यही भएर एउटा सामाजिक संस्थामार्फत नेपालका लागि काम गरिरहेको छु’, डेलिसीले भने।

 कार्यक्रममा रेडमण्डका मेयर जोन मार्काेइन र बेथलका मेयर एण्डी रेयुमीले नेपालको सुन्दरताको वर्णन सुनेर आफूहरुलाई नेपाल भ्रमणमा निस्किन मन लागेको सुनाए।
कार्यक्रममा नेपाल र अमेरिकामा रहेका नेपाली–अमेरिकी व्यवसायीका लागि व्यवसाय तथा पर्यटकीय सम्भावनाबारेमा छलफल भएको थियो।

कार्यक्रममा बिल एन्ड मेलिन्डा गेट्स फाउण्डेसनका रोसन श्रेष्ठले सगरमाथा आधार शिविरमा सुरु गरेको ठूलो परियोजनाबारे जानकारी दिएका थिए। फाउण्डेसनले नेपाल सरकारसँग मिलेर सामाजिक काम गर्न चाहेको उनले बताए।

‘नेपालमा व्यापार र पर्यटन क्षेत्रमा लगानी गर्ने विषयमा केन्द्रित रहेर कार्यक्रम आयोजना गरिएको हो’, आयोजक महाणिज्यदूत एसी शेर्पाले भने, ‘कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ। यसको प्रभाव नेपालको पर्यटन र व्यापारमा देखिनेछ भन्ने अपेक्षा छ।’

कार्यक्रममा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका महासचिव पशुपति पाण्डे, व्यवसायी मिंगमार तामाङ, श्याम तामाङलगायत सहभागी थिए। दुई वर्षअघि वाणिज्य दुतावास स्थापना भएपछि सियाटल आसपासबाट नेपाल भ्रमण गर्ने अमेरिकनहरुको संख्यामा वृद्धि भएको छ। सियाटलस्थित नेपाली वाणिज्य दुतावासले पछिल्लो समय भिषा समेत जारी गर्न थालेको छ। यसले नेपाल आउने अमेरिकी पर्यटकलाई सहज भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .