ad ad

ग्लोबल


कार दुर्घटनामा परी अस्ट्रेलियामा दुई नेपालीको मृत्यु

कार दुर्घटनामा परी अस्ट्रेलियामा दुई नेपालीको मृत्यु

नेपालखबर
साउन १२, २०७६ आइतबार ६:१५,

अस्ट्रेलियाको कूमामा भएको कार दुर्घटनामा परी दुई जना नेपालीको आइतबार बिहान मृत्यु भएको छ। द नेप्लिज भ्वाइसका अनुसार उक्त दुर्घटना मोनारो हाइवेमा भएको थियो ।

कार तीव्र गतिमा रहेको र सोही कारण अनियन्त्रित हुँदा सडकबारमा ठोक्किन पुगेको हो। कार रुखमा ठोक्किएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। अगाडि सिटमा रहेका एक जना र पछाडि सिटमा यात्रारत अर्की एक युवतीको मृत्यु भएको उक्त सञ्चारमाध्यमले समाचारमा जनाएको छ। मृत्यु हुनेमा नेपाली विद्यार्थीहरु समीक्षा सुवेदी र गोपाल भण्डारी रहेको बताइएको छ।

उनीहरुमध्ये दुई जनाले कारबाट बाहिर निस्किएर मद्दत मागेका थिए। उनीहरुलाई कूमा अस्पतालमा र कार चालकलाई क्यान्बेरा अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ।

समाचारमा जनाइएअनुसार १५ जनाको समूह तीनवटा कारमा हिमालतर्फ जाँदै थिए। दुर्घटनामा परेका कारमा अधिकांश १९–२२ उमेरका रहेको बताइएको छ। समाचारमा दुर्घटनामा परेकाको थर भट्टराई, सुबेदी, कँडेल, देवकोटा र भण्डारी रहेको बताइए पनि नाम भने खुल्न सकेको छैन। प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .