ad ad

ग्लोबल


कालेबुङमा नेपाली साहित्य र कथा संग्रह ‘गोहो’ माथि चर्चा

कालेबुङमा नेपाली साहित्य र कथा संग्रह ‘गोहो’ माथि चर्चा

नेपालखबर
साउन ९, २०७६ बिहिबार ८:३७,

दार्जिलिङको कालेबुङमा जिके पोख्रेलको कथा संग्रह ‘गोहो’ माथि चर्चा भएको छ। साङ्ग्रिला रिडर्स क्लबले आइतबार साङ्ग्रिला बुक क्याफेमा आयोजना गरेको अन्तरक्रियामा पोख्रेलले पाठकहरुको जिज्ञासा मेटाएका छन्।

सो क्रममा उनको कथा लेखन शैलीलाई उपस्थितले ‘समाचारको सर्जमिन’ जस्तै भन्ने सन्दर्भ कोट्याए। पोख्रेलले जवाफ दिए, ‘नेपालका पत्रकार समाचारको मर्म नबुझेर समाचारमा आख्यान घुसाउँछन् अनि लेखकले आख्यानमा फिचर घुसाएको आरोप लगाउँछन्।’

पोख्रेलले आफ्ना कथामा कुनै न कुनै विचार भएको उल्लेख गरे। नेपालमा भएको माओवादी युद्धप्रतिको असहमति कथामा रहेको बताउँदै उनले भने, ‘कोठे समाचारमा घोकाइएको द्वन्द्व र मैले आफै बाँचेको द्वन्द्व फरक थियो। दुईटा बन्दुकको नालसँग छलिएर बाँच्नुपर्ने मान्छेको जीवन मेरा कथाका मुख्य पात्रहरु हुन्।’

उनलाई पाठकहरूले नेपालमा लेखेर जिविका चलाउन सक्ने स्थिति बनिसकेको मिडियाको हल्ला दार्जिलिङसम्म नै आइपुगेको सन्दर्भ झिक्दै केरे। ‘त्यो हल्ला मात्रै हो। नेपालमा लेखेर जिविका चलाउने स्थिति बनेको छैन,’ उनले भने, ‘तीनचारजना लेखकलाई देखाएर यस्तो हल्ला गरिएको हो।’

रिडर्स क्लब सञ्चालक उमेश परियारले नेपालका कथा, लेखक, त्यहाँ लेखिएका साहित्य र समाजको सम्बन्ध पोख्रेलबाट बुझ्न सहज बनेको जनाए।

‘दार्जिलिङमा नेपालका चर्चित किताबहरू आइपुग्छन् तर लेखकसँग दार्जिलिङका पाठकले संवाद गर्ने अवसर नै पाउँदैनन्,’ उनले भने, ‘रिडर्स क्लबले उप्रान्त नेपाली, हिन्दी, अंग्रेजी भाषाका लेखकहरूलाई निम्त्याएर संवाद निरन्तर गर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .