ad ad

ग्लोबल


थाइल्याण्डबाट १० जना नेपाली विद्यार्थीको उद्वार

थाइल्याण्डबाट १० जना नेपाली विद्यार्थीको उद्वार

नेपालखबर
साउन ६, २०७६ सोमबार ९:१५,

थाइल्याण्डस्थित नेपाली दूतावासले समस्यामा परेका १० जना नेपाली विद्यार्थीहरुको उद्वार गरी नेपाल फर्काएकाे छ।

काठमाडौंको वागबजारमा रहेको किर्तिपुर अब्रोड स्टडिजमार्फत इन्टरनेशनल होटल एण्ड एयसलाइन्स बिजनेस स्कूल बैंककमा तालिमका लागि पुगेका ति विद्यार्थीले सम्झौता बमोजिम तालिम तथा सुविधा नपाएपछि समस्यामा परेका थिए।

नेपाली दूताबासको शरणमा पुगेका उनीहरुलाई साउन १ गते तीन जना र ३ गते बाँकी सात जनालाई उद्दार गरी घर फर्काइएको दूतावासले जनाएको छ।

नेपाली विद्यार्थीहरुले कन्सल्टेन्सी मार्फत विदेशस्थित शैक्षिक संस्था, तालिम प्रदायक इन्टिच्युट वा स्कूलमा अध्ययन वा तालिमको लागि आउनुभन्दा अगाडि त्यस्ता शैक्षिक संस्था, स्कूल वा इन्स्टिट्युटका बारेमा बिस्तृत जानकारी लिने, पर्याप्त भौतिक सुविधा भए नभएको वा विदेशी विद्यार्थी भर्ना गर्न पाउने नपाउने बारे पर्याप्त जानकारी लिएर मात्र जान पनि दूतावासले सबैसँग आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .