ad ad

ग्लोबल


हङकङमा प्रदर्शनकारीमाथि आक्रमण, ३० भन्दा वढी घाइते

हङकङमा प्रदर्शनकारीमाथि आक्रमण, ३० भन्दा वढी घाइते

नेपालखबर
साउन ६, २०७६ सोमबार ४:१४,

हङ्‌कङमा प्रदर्शनबाट फर्कदै गरेका मानिसको समूहमाथि आक्रमण भएको छ।

स्थानीय रेलस्टेसनमा सेतो टिसर्ट लगाएका नचिनिएका मानिसको समूहले आक्रमण गरेको हो।

सामाजिक सञ्जालमा राखिएका भिडिओमा त्यहाँको युएन लङ स्टेसनमा लाठी लिएका पुरूषहरूको समूहले मानिसलाई पिटिरहेको देखिन्छ।

आक्रमणमा ३० जनाभन्दा बढी घाइते भएका छन्। आक्रमण गर्नेको पहिचान नभएको प्रहरीले जनाएको छ।

हङ्‌कङमा लोकतन्त्रको समर्थनमा भएको र्‍यालीमा हिंसा भड्किएपछि प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो।

चेतावनी दिँदा पनि प्रदर्शनकारी नरोकिएपछि प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ।

आइतवारको प्रदर्शनमा ४ लाख ३० हजार जनाभन्दा बढी सहभागी भएका थिए। प्रहरीले भने १ लाख ३८ हजारले प्रदर्शन गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .