ग्लोबल

Tata MotorsTata Motors

रहेनन् १०१ वर्षीय साहित्यकार हायमान दास


शैलेन्द्र समदर्शी
दार्जिलिङ, असार ३०

पछिल्लो वर्ष सय वर्षे बर्थडे मनाएका कालेबुङ जिल्लाको गोरुबथान निवासी साहित्यकार हायमान दास राई किरात (१०१) को आइतबार राति निधन भएको छ।

११ फरवरी १९१९ मा जन्मेका साहित्यकार किरात साहित्य लेखन र संवर्द्धन दुवैका लागि नेपाली साहित्यमा सम्मानित नाम हो।

लेखन र प्रकाशनको हिसाबले हायमान दास राई किरातको पहिलो कथा ‘शुरवीर’ गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ भन्दा जेठो हो। किरातको शुरवीर कथा १९३४ सालमै नेपालको शारदा पत्रिकामा प्रकाशित भएको थियो।

उनका १२ कथा सङ्ग्रह, तीन उपन्यास र तीनैवटा कविता सङ्ग्रह प्रकाशित छन्। राईले केवल साहित्य लेख्ने काम मात्र गरेनन्। तर, १९५० को दशकमा ‘नवयुग पुस्तक मन्दिर’जस्तो बलियो प्रकाशन संस्थाको स्थापना गरी इन्द्रबहादुर राई, हृदयचन्द्रसिंह प्रधान, हरिभक्त कटुवाल र नरबहादुर दाहालजस्ता प्रतिष्ठित साहित्यकारहरूका पुस्तकहरू प्रकाशन गरेका थिए।

जीवनको उत्तरार्धसम्म लेखन र अध्ययनमा सक्रिय हायमान दास राई किरातलाई उनको कथा सङ्ग्रह ‘केही नमिलेका रेखाहरू’-का लागि सन् २००८ मा साहित्य अकादमी पुरस्कारबाट सम्मानित गरिएको थियो।

असार ३०, २०७६, सोमबार

शैलेन्द्र समदर्शी सिक्किम, गान्तोकस्थित नेपालखबर विशेष प्रतिनिधि हुन्
लेखकबाट थप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors