ad ad

ग्लोबल


इन्डोनेसियामा ७.३ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ७.३ म्याग्निच्युडको भूकम्प

नेपालखबर
असार ३०, २०७६ सोमबार १:३०,

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ।

पूर्वी मालुकु द्विपलाई केन्द्रविन्दु बनाएर ७.३ म्याग्निच्युडको भूकम्प गएको हो।

स्थानीय समयअनुसार आइतबार साँझ ६ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो।

भूकम्प गएपछि घरमा बसिरहेकाहरू सडकतिर भागेका थिए। भूकम्प गए पनि सुनामीको चेतावनी भने जारी गरिएको छैन ।

टर्नेट नगरबाट करिब एक सय ६५ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु भएको अमेरिकास्थित यूएस जियोलोजिकल सर्भेले जनाएको छ।

भूकम्पपछि भएको जनधनको क्षतिको विवरण आइसकेको छैन।

भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा गएको अमेरिकी भूगर्भकेन्द्रले जनाएको छ।

अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा ६.६ म्याग्निच्युडको भूकम्प गएको केही समयमै इन्डोनेसियामा पनि भूकम्प गएको हो।

भूकम्पपछि ५ म्याग्निच्युडभन्दा माथिका एक दर्जनभन्दा बढी परकम्प गएको अधिकारीहरुले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .