ad ad

ग्लोबल


दार्जिलिङमा एकै परिवारका सात सदस्य कोरोना संक्रमित

दार्जिलिङमा एकै परिवारका सात सदस्य कोरोना संक्रमित

शैलेन्द्र समदर्शी
जेठ २२, २०७७ बिहिबार १४:१६,

दार्जिलिङमा एकै परिवारका सातजनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ।

पछिल्लो मे २९ का दिन भारतको महाराष्ट्रबाट फर्केका दार्जिलिङ शरहनजिक सोनादानिवासी गुप्त परिवारका दुईजनामा कोरोना संक्रमण पाइएको थियो।

उनीहरूकै सम्पर्कमा आएपछि त्यसै परिवारका थप पाँचजना पनि कोरोना संक्रमित रहेको पुष्टि भएपछि कुल संक्रमित संख्या ७ पुगेको हो।

पछिल्लो जून २ का दिन यी पाँचजनामा कोरोना संक्रमणको लक्षण देखिएपछि सिलगढ़ीको कावाखालीस्थित सिभियर एक्युट रेस्पिरेटरी इलनेस (सारी) अस्पतालमा भर्ना गरिएको थियो।

हिजो उनीहरूको स्वाबको नमुना संग्रह गरी जाँचका लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालको भाइरल रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भिआरडीएल) मा पठाइएको थियो। आज उनीहरू पाँचैजनाको टेस्ट रिपोर्ट पोजिटिभ आएको छ।

अर्कोतिर आज महाराष्ट्रबाट सिक्किम फर्केका एकजना कोरोना संक्रमित रहेको पुष्टि भएको छ। यससँगै सिक्किममा कोरोना पोजिटिभको कूल संख्या तीन पुगेको छ।

दार्जिलिङ पहाडमा पहिलाे पटक काेराेना संक्रमण, खरसाङका चार जनामा पुष्टि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .