ग्लोबल


होर्मुज स्ट्रेटमा इरानले जहाजमाथि गोली हान्यो: रिपोर्ट

होर्मुज स्ट्रेटमा इरानले जहाजमाथि गोली हान्यो: रिपोर्ट

होर्मुज स्ट्रेट (फाइल फोटो)


नेपालखबर
बैशाख ९, २०८३ बुधबार १४:४९, काठमाडौँ

यूके मेरिटाइम ट्रेड अपरेसन (यूकेएमटीओ) का अनुसार इरानको रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले होर्मुज स्ट्रेटमा एउटा कन्टेनर जहाजमा गोली चलाएको छ।

बेलायती शाही नौसेनाको नेतृत्वमा रहेको यूकेएमटीओले ओमानबाट १५ समुद्री माइल टाढा उत्तरपूर्वमा यो घटना भएको जनाएको छ।

रिपोर्टमा भनिएको छ, ‘चेतावनी नदिई आईआरजीसीको एउटा गनबोट जहाजनजिक पुग्यो र गोली चलायो, जहाजको कन्ट्रोल सेन्टरमा ठुलो क्षति भयो।’

इरानी समाचार एजेन्सीले भने त्यो जहाजले इरानी सेनाको चेतावनी बेवास्ता गरेको दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad