ग्लोबल


इराकस्थित अमेरिकी दूतावासमा ‘ठुलो आक्रमण’

इराकस्थित अमेरिकी दूतावासमा ‘ठुलो आक्रमण’

बगदादमा विस्फोटपछि देखिएको धुवाँको मुस्लो।


नेपालखबर
चैत ३, २०८२ मंगलबार ९:१४, काठमाडौँ

इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा फेरि हवाई हमला गरिएको छ। 

समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार बगदादमा रहेको अमेरिकी दूतावासमा धेरैवटा ड्रोन र रकेट प्रहार गरिएका हुन्।

इराकी सुरक्षा स्रोतले एएफपीलाई बताएअनुसार ‘यो हालैका दिनमा भएको सबैभन्दा ठुलो आक्रमण हो।’

यद्यपि आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन। 

आक्रमण हुनुभन्दा लगभग छ घण्टाअघि अमेरिकी दूतावासले इराकमा रहेका अमेरिकी नागरिकका लागि नयाँ सुरक्षा सतर्कता जारी गरेको थियो।

यसअघि गत हप्ता पनि बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण गरिएको थियो।

यसैबिच इजरायलले इरानको राजधानी तेहरानमा ठुलो मात्रामा हवाई आक्रमण गरेको दाबी गरेको छ।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता लडाइँ जारी छ। 

जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा ड्रोन/क्षेप्यास्त्र प्रहार गर्दा मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।

यसैबिच इरानले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई खोजी-खोजी मार्ने चेतावनी दिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad