इजरायलले आइतबार गाजा पट्टीमा गरेको हवाई आक्रमणमा कम्तीमा १२ प्यालेस्टिनी मारिएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मारिएकामा दुई बालबालिका, एक गर्भवती र आठ प्रहरी अधिकारी पनि छन्।
मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा गरिएको हमलामा दम्पती र उनीहरूका १० वर्षीय छोराको मृत्यु भएको छ।
अर्को एउटा आक्रमणमा जावैदा क्षेत्रमा प्रहरीको गाडी पल्टाइएको थियो, जसमा आठ प्रहरी अधिकारी मारिए।
इजरायलले हमासको आक्रमण र युद्धविराम उल्लंघनको जवाफमा कारबाही गरिरहेको बताएको छ।
यसैबिच इजरायलले इजिप्ट र गाजाको बिचमा रहेको रफाह क्रसिङलाई फेरि खोल्न अनुमति दिने घोषणा गरेको छ।
इजरायलका अनुसार क्रसिङ सीमित यात्रुका लागि मात्र खुला रहनेछ, अन्य सामान बोक्न अनुमति दिइने छैन।
396
Shares

प्रतिक्रिया