अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले 'आगामी हप्ता इरानमा धेरै कडा आक्रमण गर्ने' बताएका छन्।
फक्स न्युजसँगको अन्तर्वार्तामा उनले आउने हप्ता इरानविरुद्ध भीषण हमला गर्ने दाबी गरेका हुन्।
ट्रम्पले भने, 'हामीले उसलाई यति धेरै क्षति पुर्याइसकेका छौँ कि त्यो पूर्ति हुन वर्षौं लाग्नेछ।'
युद्ध समाप्त भएको कसरी थाहा पाउने भनेर सोध्दा ट्रम्पले जवाफ दिए, 'जब मलाई त्यस्तो लाग्छ।'
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको बारेमा पनि उनले बताए।
ट्रम्पले भने, 'मलाई लाग्छ- उहाँ घाइते हुनुहुन्छ, तर उहाँ सायद कुनै न कुनै रूपमा जीवित हुनुहुन्छ।'
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ।
जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
Shares

प्रतिक्रिया