ग्लोबल


इरानका नयाँ सर्वोच्च नेता कोमामा रहेको दाबी

इरानका नयाँ सर्वोच्च नेता कोमामा रहेको दाबी

नेपालखबर
फागुन २९, २०८२ शुक्रबार ५:२१, काठमाडौँ

मध्यपूर्वमा जारी तनावका बिच इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी कोमामा रहेको दाबी गरिएको छ।

गत फेब्रुअरी २८ मा इजरायल-अमेरिकाको हवाई आक्रमणमा गम्भीर घाइते भएपछि उनी कोमामा रहेको बताइएको छ।

बेलायती सञ्चारमाध्यम द सनको रिपोर्टअनुसार आक्रमणमा मोज्तबालाई यति गम्भीर चोट लागेको थियो कि उनको एउटा खुट्टा काट्नुपर्‍यो। साथै उनको पेट र कलेजोमा पनि क्षति पुगेको थियो। त्यसैले उनी कोमामा छन्।

आफ्ना बुबा तत्कालीन सर्वोच्च नेता अली खामेनी मारिएपछि मोज्तबाले मार्च ९ देखि सर्वोच्च नेताको पद ग्रहण गरेका थिए।

तर इरानको सरकारले उनको अवस्थाबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी जारी गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad