इरानको रेड क्रिसेन्ट सोसाइटीले अमेरिका र इजरायली आक्रमणमा अहिलेसम्म ७८७ जनाको मृत्यु भएको बताएको छ।
अमेरिकास्थित 'ह्युमन राइट्स एक्टिविस्ट्स इन इरान'ले भने हमलामा १७६ बालबालिकासहित ७४२ जना सर्वसाधारणको मारिएको बताएको छ।
इरानी संसद्को स्वास्थ्य आयोगकी सदस्य फतेमेह मोहम्मदबेगीले सोमबार इरानका नौ अस्पताललाई निसाना बनाइएको बताएकी छन्।
उनले अमेरिका र इजरायललाई ‘जानाजानी’ अस्पतालमा आक्रमण गरेको आरोप लगाएकी छन्।
यसैबिच इजरायली सेनाले भने ‘आक्रमण अस्पताललाई लक्ष्य गर्ने उद्देश्यले नगरिएको’ दाबी गरेको छ।
गत शनिबारदेखि इजरायल र अमेरिकाले इरानमा हवाई हमला जारी राखेका छन्।
पहिलो दिनकै आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित झन्डै ४० जना शीर्ष नेता तथा अधिकारी मारिइसकेका छन्।
जवाफमा इरानले पनि इजरायल तथा अमेरिकी सैन्य अखडा भएका खाडी मुलुकमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
Shares

प्रतिक्रिया