ग्लोबल


इरान युद्धमा अमेरिकाको क्षति : ६ सैनिकको मृत्यु, ३ लडाकु विमान खसे

इरान युद्धमा अमेरिकाको क्षति : ६ सैनिकको मृत्यु, ३ लडाकु विमान खसे

नेपालखबर
फागुन १९, २०८२ मंगलबार १७:५,

इजरायलसँग मिलेर इरानमा आक्रमण गरेको अमेरिकाले युद्धको तेस्रो दिनसम्ममा ६ सैनिक गुमाएको छ। त्यस्तै, उसका ३ लडाकु विमान पनि खसेका छन्।

अमेरिकाले बेहोरेको यो सबै क्षतिका घटना कुवेतमा भएको हो।

आइतबार बिहान कुवेतस्थित एक बन्दरगाहमा रहेका अमेरिकी सैनिकहरूलाई इरानले निसाना बनाएको थियो। सो आक्रमणमा तीन जना सैनिकले ज्यान गुमाएको अमेरिकी सेनाले सोमबार जनाएको थियो।

सो घटनामा घाइते भएका थप तीन जनाको मृत्यु भएको छ। उनीहरूको सुरक्षाको व्यवस्थापन ठिकसँग नगरिएको भन्दै अहिले ट्रम्प प्रशासनको आलोचना भइरहेको छ।

कुवेतमै सोमबार अमेरिकाका तीन एफ–१५ लडाकु विमान खसे। तर, कुवेती हवाइ प्रतिरक्षा प्रणालीले झुक्किएर प्रहार गर्दा ती विमान खसेको अमेरिकी सेनाको सेन्ट्रल कमान्डले जानकारी दिएको छ।

ती विमानमा रहेका ६ पाइलट सुरक्षित रुपमा विमानबाट बाहिरिएको पनि बताइएको छ।

यसका अलावा, कतार, यूएई, बहराइनलगायतका मुलुकमा अमेरिकी अखडाहरूमा इरानले आक्रमण गरेको छ। कतिपय स्थानमा भौतिक संरचनामा क्षति पुगेको छ।

इरानले दूतावासहरूमै हमला गरेपछि खाडी मुलुकका दुई दूतावास अमेरिकाले बन्द गरेको छ। साउदी अरब र कुवेतस्थित अमेरिकी दूतावास बन्द गरिएको हो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad