अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदीको रियादस्थित अमेरिकी दूतावासमा गरिएको आक्रमणको जवाफ "चाँडै" दिइने बताएका छन्।
केबल नेटवर्क न्युज नेसनसँग उनले रियादस्थित अमेरिकी दूतावासमा गरिएको आक्रमणको बदल लिइने बताएका हुन्।
उनले भनेका छन्, ‘मलाई लाग्दैन कि इरानभित्रै सेना तैनाथ गर्न पर्ला।’
मंगलबार बिहान साउदी अरबको रक्षा मन्त्रालयले रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोन प्रहार गरिएको पुष्टि गरेको छ।
सामाजिक सञ्जाल प्लाटफर्म एक्समा जारी विज्ञप्तिमा, दूतावासले आक्रमणबाट हल्लका आगलागी भएको र भवनमा सामान्य क्षति भएको उल्लेख गरिएको छ। ।
237
Shares

प्रतिक्रिया