शनिबारदेखि जारी इजरायल-अमेरिका र इरान युद्धका बिच सोमबार कुवेतमा अमेरिकी एफ-१५ लडाकु विमान दुर्घटना भएको छ।
यसको भिडिओ सामाजिक सञ्जालमा देखिएको छ।
इरानको सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक न्युज एजेन्सी (आईआरएनए) ले कुवेतमा एउटा अमेरिकी एफ-१५ लडाकु विमान खसालिएको दाबी गरेको छ।
एजेन्सीले स्थानीय स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘सोमबार बिहान कुवेतको आकाशमा एउटा अमेरिकी एफ-१५ इगललाई निसाना बनाइएको छ।’
आईआरएनएले विमान खस्दै गरेको भिडिओ क्लिप सार्वजनिक गर्दै त्यो अमेरिकी एफ-१५ भएको दाबी गरेको छ। यद्यपि यो दाबी स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन।
अनि यस विषयमा अमेरिका वा कुवेतबाट अहिलेसम्म कुनै आधिकारिक अभिव्यक्ति आएको छैन।
हेर्नुहोस् भाइरल भिडिओ-
US F-15 Fighter Jet Downed in Kuwait
— IRNA News Agency ☫ (@IrnaEnglish) March 2, 2026
According to local sources, a US F-15 fighter jet was shot down in the skies above Kuwait earlier on Monday morning. pic.twitter.com/UIyTkZllEX
इजरायल र अमेरिकाले शनिबार गरेको संयुक्त हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत मारिएपछि मध्यपूर्वमा द्वन्द्व फैलिएको छ।
यो युद्धमा हिज्बुल्लाह पनि सामेल भएको छ।
इरानका सर्वोच्च नेता खामेनी हत्याको बदला लिन भन्दै लेबनानबाट हिज्बुल्लाहले इजरायलमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेपछि दुई पक्षबिच लडाइँ चर्किएको छ।
जवाफमा अहिले लेबनानका लक्ष्यहरूमा इजरायलले पनि आक्रमण गरिरहेको इजरायली सेनाले विज्ञप्तिमार्फत जनाएको छ।
यसैबिच इजरायलले गरेको हमलामा ३१ जनाको मृत्यु भएको र १४९ जना घाइते भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Shares

प्रतिक्रिया