ग्लोबल


इरानको दाबीमा अमेरिकाको खण्डन: विमानवाहक अब्राहम लिंकनमा आक्रमण भएको छैन

इरानको दाबीमा अमेरिकाको खण्डन: विमानवाहक अब्राहम लिंकनमा आक्रमण भएको छैन

नेपालखबर
फागुन १७, २०८२ आइतबार २२:१८, काठमाडौँ

अमेरिकाले इरानको दाबीलाई खारेज गर्दै आफ्नो विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण नभएको बताएको छ।

अमेरिकी केन्द्रीय कमान्डले भनेको छ, 'विमानवाहक अब्राहम लिंकनलाई लक्ष्य गरिएको थिएन। प्रहार गरिएका क्षेप्यास्त्र जहानजिक पनि पुगेनन्।'

विमानवाहक अहिले पनि सञ्चालनमा रहेको दाबी अमेरिकाले गरेको छ।

यसअघि इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि चार ब्यालिस्टिक क्षेप्यास्त्रले आक्रमण गरेको दाबी गरेको थियो।

यद्यपि अमेरिकी केन्द्रीय कमान्डले तीन अमेरिकी सैनिक मारिएको र पाँच जना गम्भीर घाइते भएको बताएको छ। विस्तृत विवरण भने दिइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad