ग्लोबल


एक सय ५३ वर्षको इतिहासमा पहिलो पटक अमेरिकी दैनिक पत्रिका 'बोस्टन ग्लोब' को छपाइ स्थगित

एक सय ५३ वर्षको इतिहासमा पहिलो पटक अमेरिकी दैनिक पत्रिका 'बोस्टन ग्लोब' को छपाइ स्थगित

नेपालखबर
फागुन १४, २०८२ बिहिबार १०:१४, काठमाडौँ

अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा आएको शक्तिशाली हिमआँधी 'हर्नान्डो' का कारण जनजीवन अस्तव्यस्त बनेको छ। द वेदर च्यानलले “विन्टर स्टर्म हर्नान्डो” नाम दिएको यस आँधीले न्यु जर्सीदेखि म्यासाचुसेट्ससम्मकै ऐतिहासिक रेकर्ड तोडेको छ।

भीषण हिमपात र तीव्र गतिको हावाका कारण बोस्टनको प्रतिष्ठित दैनिक पत्रिका 'बोस्टन ग्लोब' ले आफ्नो १५३ वर्ष लामो इतिहासमा पहिलो पटक दैनिक संस्करणको छपाइ स्थगित गरेको छ। पत्रिकाले आफ्ना कर्मचारी र वितरणकर्ताहरूको सुरक्षालाई ध्यानमा राख्दै मंगलबारको अङ्क प्रकाशित नगरेको  हो। यसअघि सन् १९५० र ६० को दशकमा श्रमिक हड्ताल तथा १९७८ को ठुलो हिमपातका बेला पनि सीमित रूपमा पत्रिका प्रकाशन भएको थियो। 

पछिल्लो तथ्याङ्कअनुसार रोड आइल्याण्डस्थित टी.एफ. ग्रीन अन्तर्राष्ट्रिय विमानस्थलमा ३७.९ इन्च हिमपात मापन गरिएको छ। मौसमविद्हरूका अनुसार यो विगत १२१ वर्षयताकै सबैभन्दा ठुलो हिमपात हो। त्यस्तै, म्यासाचुसेट्सको ह्विटम्यान क्षेत्रमा ३३.७ इन्चसम्म हिउँ जमेको छ।

हिउँका कारण हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। यातायात र उडानहरू पूर्ण रूपमा ठप्प भएका छन्। मुद्रित संस्करण स्थगित भए पनि डिजिटल माध्यमबाट समाचार प्रवाह भइरहेको छ। प्यु रिसर्च सेन्टरको सन् २०२५ को एक सर्वेक्षणलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, “केवल ७ प्रतिशत अमेरिकी वयस्कले मात्र मुद्रित पत्रपत्रिकाबाट नियमित समाचार लिने गरेका छन्, जबकि ५६ प्रतिशतले स्मार्टफोन वा कम्प्युटरमार्फत डिजिटल समाचार पढ्छन्।” 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad