भारतको झारखण्डबाट दिल्ली जाँदै गरेको चार्टर्ड एयर एम्बुलेन्स (विमान) चतरामा दुर्घटना हुँदा त्यसमा सवार सबै ७ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार रेडबर्ड बिचक्राफ्ट किङ एयर बी९०एल सोमबार साँझ ७:११ बजे राँचीबाट उडेको दिल्लीतर्फ उडेको थियो। तर ७:३४ बजे विमानसँग सम्पर्क टुटेको थियो।
केही समयपछि विमान झारखण्डको चतरा जिल्लाको समरियाको जंगलमा दुर्घटना भएको अवस्थामा फेला परेको हो।
दुर्घटनामा क्याप्टेन विवेक विकास भगत (पाइलट), क्याप्टेन सबराजदीप सिंह (सह-पाइलट), सञ्जय कुमार (बिरामी), अर्चना देवी (परिवारका सदस्य), धुरु कुमार (परिवारका सदस्य), विकास कुमार गुप्ता (डाक्टर) र सचिन कुमार मिश्रा (प्यारामेडिकल स्टाफ) को मृत्यु भएको हो।
93
Shares

प्रतिक्रिया