पाकिस्तानको सशस्त्र संगठन बलुच लिबरेसन आर्मी (बीएलए) ले पाकिस्तानी सैनिक आफ्नो नियन्त्रणमा रहेको भिडिओ सार्वजनिक गरेको छ। जसमा पाकिस्तानी सैनिकहरू उद्धारका लागि सरकारसँग बिन्ती गरिरहेको देखिन्छ।
भिडिओमा सात जना पाकिस्तानी सैनिक छन्। जसमा एक सिपाही रोइरहेको देखिन्छ।
उनी भनिरहेका छन्,‘मैले पाकिस्तानका लागि लडिरहेको छु, तर आज सेनाले मलाई आफ्नो मान्दैन। मसँग पाकिस्तानी सेनाको परिचयपत्र छ, तैपनि किन मलाई पाकिस्तानी सैनिक होइन भनिएको छ?’
🚨 DEVELOPING: With only 3 days left in the 7-day deadline set by the BLA, new footage has emerged purportedly showing Pakistani Army personnel in custody.
Despite official silence, the video evidence appears to contradict previous denials of the capture. The BLA warns of… pic.twitter.com/FwvWLIyLOa — SILENT BRIEF (@SilentBriefHQ) February 20, 2026
सार्वजनिक भिडिओले पाकिस्तानी सेनाको भनाइको खण्डन गरेको छ।
किनकि पाकिस्तानी सेनाले आफ्ना कुनै सिपाही हराएका वा कसैको कब्जामा छैनन् भनेको छ।
बीएलएका अनुसार उसले यही फेब्रुअरी १४ मा ती पाकिस्तानी सैनिकलाई नियन्त्रणमा लिएको हो।
बीएलएले सरकारको कब्जामा रहेका आफ्ना बलुच लडाकुहरू रिहा गरे मात्र ती सैनिक छाडिने सर्त राखेको छ।
यसका लागि उसले पाकिस्तानी सरकारलाई फेब्रुअरी २२ सम्मको समय दिएको छ।
Shares

प्रतिक्रिया