अमेरिका र इरानबिच मंगलबार स्विट्जरल्यान्डको जेनेभामा दोस्रो चरण ‘अप्रत्यक्ष’ वार्ता भएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघ्चीले यसलाई पहिलो भन्दा बढी सकारात्मक बताएको बताएका छन्।
उनले इरानी टेलिभिजनसँग उनले छलफल गम्भीर र वातावरण रचनात्मक रहेको बताए।
विदेशमन्त्री अराघ्चीले भने, ‘मार्गदर्शक सिद्धान्तमा सहमति भएको छ र यसैका आधारमा हामी मस्यौदा लेख्न सुरु गर्नेछौँ। हामीसँग अब अगाडि बढ्ने स्पष्ट बाटो छ, जुन सकारात्मक छ।’
उनले थपे, ‘यो काम तुरुन्तै पूरा हुने छैन, तर इरान अगाडि बढ्न तयार छ। अर्को चरण वार्ताका लागि कुनै निश्चित समय तोकिएको छैन। यद्यपि सम्भावित सम्झौताको मस्यौदामा काम गर्ने र त्यसपछि आदानप्रदान गर्ने निर्णय गरिएको छ। यसपछि तेस्रो चरण वार्ताको मिति तय गरिनेछ।’
यसअघि इरान र अमेरिकाबिच ओमानमा पहिलो चरणको वार्ता भएको थियो।
Shares

प्रतिक्रिया