ग्लोबल


गोप्य रूपमा आणविक परीक्षण गरेको आरोपलाई चीनले भन्यो: ‘सरासर झुट’, बरु अमेरिका आफैँ त्यस्तो योजनामा छ

गोप्य रूपमा आणविक परीक्षण गरेको आरोपलाई चीनले भन्यो: ‘सरासर झुट’, बरु अमेरिका आफैँ त्यस्तो योजनामा छ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङ


नेपालखबर
माघ २७, २०८२ मंगलबार ७:३६, काठमाडौँ

आफूले गोप्य रूपमा आणविक परीक्षण गरेको भनेर अमेरिकाले लगाएको आरोप चीनले झुट भएको बताएको छ।

शुक्रबार अमेरिकाले चीनले गोप्य आणविक विस्फोटक परीक्षण गरेको र ठुलो परिमाणमा थप परीक्षणको तयारी गरिरहेको आरोप लगाएको थियो। 

जेनेभामा आयोजित नि:शस्त्रीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा अमेरिकाका उपमन्त्री थोमस डिनान्नोले भनेका थिए, ‘चीनले विस्फोटक आणविक उपकरणको परीक्षण गरेको र सयौँ टनको परिमाणमा परीक्षण गर्ने तयारी गरेको कुरा जानकार रहेको मैले पुष्टि गर्न सक्छु।’ 

उनले अगाडि भनेका थिए, ‘चीनले सन् २०२० को जुन २२ मा यस्तै उत्पादन विकास गर्ने आणविक परीक्षण गरेको थियो।’

तर त्यसको खण्डन गर्दै चीनको विदेश मन्त्रालयले भनेको छ, ‘सरासर झुट हो। बरु अमेरिका आफैँ नयाँ आणविक परीक्षण सुरु गर्ने योजनामा छ।’ 

शीर्ष आणविक शक्ति राष्ट्रहरू अमेरिका र रुसबिचको अन्तिम सन्धि ‘न्यु स्टार्ट’ को म्याद सकिएपछि अमेरिकाले रुस र चीनसँग आणविक हतियारको नयाँ सीमा तोक्न रुस र चीनसँग त्रिपक्षीय वार्ताको आह्वान गर्ने नयाँ योजना प्रस्तुत गरिरहेका बेला डिनान्नोले त्यस्तो आरोप लगाएका हुन्। 

चीनले यसअघि नै नि:शस्त्रीकरण वार्तामा सामेल हुन अस्वीकार गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad