ग्लोबल


१६० जना बोकेर दिल्लीबाट उड्नै लाग्दा एयर इन्डिया एक्सप्रेसको विमानमा अचानक प्राविधिक गडबडी

१६० जना बोकेर दिल्लीबाट उड्नै लाग्दा एयर इन्डिया एक्सप्रेसको विमानमा अचानक प्राविधिक गडबडी

नेपालखबर
साउन ८, २०८२ बिहिबार ७:५३, काठमाडौँ

भारतमा एकपछि अर्को विमान दुर्घटनामा पर्न लागेका खबर सार्वजनिक भइरहेका छन्। 

यसै क्रममा बुधबार साँझ दिल्ली विमानस्थलबाट मुम्बईका लागि उड्न ठिक्क परेको एयर इन्डिया एक्सप्रेसको विमानमा अचानक प्राविधिक गडबडी देखिएपछि उडान नै रद्द गर्नुपरेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार १६० जना सवार यर इन्डिया एक्सप्रेसको विमान दिल्लीबाट उड्नै लाग्दा प्रविधिमा खराबी देखिएको हो। त्यसपछि उडान रोकेर यात्रुहरूलाई अर्को विमानमा मुम्बई पठाइयो।

एएनआई स्रोतका अनुसार, ककपिटमा गति देखाउने स्क्रिनमा खराबी देखिएपछि पाइलटले तुरुन्तै उडान रद्द गर्ने निर्णय गरेका हुन्।

यसअघि बुधबार नै अहमदाबादबाट दिव जाँदै गरेको इन्डिगो उडान एटीआर७६ उड्नै लाग्दा इन्जिनमा आगो लागेको थियो।

यसपछि सबै यात्रुलाई तुरुन्तै सुरक्षित रूपमा बाहिर निकालिएको थियो। विमानमा ६० यात्रु थिए। घटनाको अनुसन्धान भइरहेको छ।

यस्तै यसअघि मंगलबार पनि हङकङबाट आएको एयर इन्डियाको उडान-३१५ को सहायक पावर युनिट (एपीयू) मा दिल्ली विमानस्थलमा अवतरण गर्नेबित्तिकै आगो लागेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad