ग्लोबल


अमेरिकाले बम हानेको इरानको फोर्डो आणविक स्थलका नयाँ स्याटेलाइट तस्बिर सार्वजनिक

अमेरिकाले बम हानेको इरानको फोर्डो आणविक स्थलका नयाँ स्याटेलाइट तस्बिर सार्वजनिक

इरानको फोर्डो आणविक स्थलको उपग्रह तस्बिर


नेपालखबर
असार १८, २०८२ बुधबार २१:१५, काठमाडौँ

अमेरिकाले आक्रमण गरेको इरानको फोर्डो आणविक स्थलको नयाँ स्याटेलाइट तस्बिर सार्वजनिक भएका छन्।

बीबीसीका अनुसार म्याक्सर टेक्नोलोजीको उपग्रह मंगलबार यस इरानी आणविक स्थलमाथिबाट गएको थियो।

स्याटेलाइट तस्बिरहरूले फोर्डो आणविक स्थलमा बम विस्फोटबाट सिर्जना भएका क्रेटरनजिकै मेसिनहरू काम गरिरहेको देखाउँछन्।

हेर्नुहोस् तस्बिर:

तस्बिरमा क्रेनको छाया स्पष्ट रूपमा देखिन्छ। यो क्रेन बम विस्फोटबाट असर परेका स्थानमा काम गरिरहेको देखिन्छ।

आणविक स्थलको पूर्वी भागमा नयाँ सडक बनेको पनि देखिन्छ।

विज्ञान तथा अन्तर्राष्ट्रिय सुरक्षा संस्थानका आणविक हतियार विज्ञ डेभिड अल्ब्राइटले तस्बिरहरूको विश्लेषण गरेका छन्।

उनले भनेका छन्, ‘अहिले आणविक स्थलमा भएको क्षतिको मात्र मूल्यांकन भइरहेको छ। त्यसपछि चाँडै सफाइ र मर्मत पनि थालिनेछ।’

जुन १३ मा इजरायलले इरानमा आक्रमण गरेपछि दुई देशबीच जारी युद्धमा अमेरिका पनि जुन २२ मा इरानका फोर्डो, नातान्ज र इस्फहान आणविक स्थलहरूमा बम हानेर प्रत्यक्ष संलग्न भएको थियो।

बदलामा इरानले पनि जुन २३ मा कतारस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र हानेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलिपल्टै जुन २४ मा इजरायल र इरानबीच युद्धविराम भएको घोषणा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad