ग्लोबल


इजरायलको दाबी: हमासलाई सहयोग गर्ने इरानका वरिष्ठ कमान्डर मार्‍यौँ

इजरायलको दाबी: हमासलाई सहयोग गर्ने इरानका वरिष्ठ कमान्डर मार्‍यौँ

इरानी कमान्डर सईद इजादी


नेपालखबर
असार ७, २०८२ शनिबार १३:४८, काठमाडौँ

इजरायलले शनिबारको आक्रमणमा इरानका एक वरिष्ठ कमान्डर मारिएको दाबी गरेको छ। 

इजरायका रक्षामन्त्री इजरायल काट्जले शनिबार इरानी सहर कोममा रहेको एक आवासीय भवनमा आईडीएफले गरेको हमलामा इरानको शक्तिशाली कुड्स फोर्सका सदस्य सईद इजादी मारिएको दाबी गरेका हुन्।

कुड्स फोर्स इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को एक शाखा हो। तर इजादी मारिएको दाबीमा आईआरजीसीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। 

इजरायलका रक्षामन्त्री काट्जले भने सईद इजादीले ७ अक्टोबर २०२३ मा इजरायलमा हमासको आक्रमणलाई आर्थिक सहयोग गरेको आरोप लगाएका छन्। 

उनले भने, ‘यो इजरायली गुप्तचर विभाग र वायुसेनाका लागि ठूलो उपलब्धि हो। हत्या गरिएका मानिस र बन्धकका लागि न्याय हो। इजरायलको लामो हात आफ्ना सबै शत्रुसम्म पुग्छ।’

जुन १३ देखि इरान र इजरायलबीच युद्ध जारी छ। एकअर्काविरुद्ध हवाई हमला गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad