ग्लोबल


अहमदाबाद विमान दुर्घटना: शवको संख्या २७० पुग्यो, ब्ल्याक बक्स भेटियो

अहमदाबाद विमान दुर्घटना: शवको संख्या २७० पुग्यो, ब्ल्याक बक्स भेटियो

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १९:१७, काठमाडौँ

भारतीय राज्य गुजरातको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको ठाउँबाट अहिलेसम्म २७० वटा शव निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

तीमध्ये एयर इन्डियाको विमानमा सवार चालक दलका १२ सदस्य र २२९ यात्रु हुन् भने बाँकी मृतक विमानबाहिरका हुन्।

विमान बाहिरका मृतकमध्ये ५ जना विमान दुर्घटना भएको बीजे मेडिकल कलेज होस्टेलका हुन्। विमान खस्दा होस्टेलमा ५० भन्दा बढी मानिस रहेको बताइएको छ। 

मृतकमा राजस्थानका १३, मध्यप्रदेश, हरियाणा र बिहारका एक-एक जना छन्। मृतकमध्ये अहिलेसम्म ७ जनाको शव डीएनए परीक्षणपछि आफन्तहरूलाई हस्तान्तरण गरिएको छ।

गुजराजका पूर्वमुख्यमन्त्री रुपानीको शव पनि अहिलेसम्म पहिचान हुन सकेको छैन। मृतकको पहिचान गर्न उनीहरूका आफन्तहरूको डीएनए परीक्षण भइरहेको छ।

यसैबीच विमान दुर्घटना भएको २७ घण्टापछि विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) ले शुक्रबार ब्ल्याक बक्स फेला पारेको छ। यो होस्टेलको छतमा फेला परेको हो। यसबाट दुर्घटना हुनुभन्दा अघि अन्तिम समयमा के भएको थियो भन्ने कुरा थाहा हुनेछ।

एयर इन्डियाको त्यस विमानमा चालक दलका १२ सदस्यसमेत गरेर जम्मा २४२ जना थिए। तीमध्ये मात्र एक यात्रु बाँचे भने अरू सबैको मृत्यु भयो। साथै विमान खसेर लाग्दा दुर्घटनास्थलमा रहेका अन्य मानिसहरूको मृत्यु भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad