अमेरिकाका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति व्यवसायी इलोन मस्कबीच परिररहेको टकरावबारे चीनले प्रतिक्रिया दिएको छ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले ट्रम्प र मस्कबीचको द्वन्द्व आन्तरिक मामिला भएको बताएका हुन्।
शुक्रबार चीनको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लिन जियानलाई ट्रम्प र मस्कबीच बढ्दो तनावबारे सोधिएको थियो।
जवाफमा उनले भने, ‘यो अमेरिकाको घरेलु मामिला हो।’
हालै सरकारी दक्षता विभाग (डज) को नेतृत्व छाडेका मस्कले ट्रम्पको कर र खर्च विधेयकविरुद्ध टिप्पणी गरेपछि ट्रम्पसँग भनाभन सुरु भएको हो।
उनीहरूबीच सामाजिक सञ्जालमा वाकयुद्ध नै चलेको छ। यस क्रममा मस्कले ट्रम्पविरुद्ध महाभियोग लगाउनुपर्नेसम्मका अभिव्यक्ति दिएका छन् भने ट्रम्पले उनलाई पागलसम्म भनेका छन्।
त्यति मात्र होइन, ट्रम्पले अमेरिकी सरकारसँग इलोन मस्कले गरेको व्यापार सम्झौतासमेत अन्त्य गर्ने चेतावनी दिएका छन्।
Shares

प्रतिक्रिया