ग्लोबल


बेंगलुरु भागदौडमा ११ जनाको मृत्यु प्रकरण: प्रहरी आयुक्तसहित ८ अधिकारी निलम्बन

बेंगलुरु भागदौडमा ११ जनाको मृत्यु प्रकरण: प्रहरी आयुक्तसहित ८ अधिकारी निलम्बन

बेंगलुरु भागदौड स्थल


नेपालखबर
जेठ २३, २०८२ शुक्रबार ६:२२, काठमाडौँ

कर्नाटक प्रहरीले बेंगलुरु भागदौड प्रकरणमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी), कर्नाटक क्रिकेट संघ र कार्यक्रम व्यवस्थापन कम्पनी डीएनएविरुद्ध एफआईआर दर्ता गरेको छ।

मुख्यमन्त्री सिद्धरामय्याले उनीहरूका प्रतिनिधिहरूलाई पक्राउ गर्न आदेश दिएका छन्। विजय परेडका क्रममा उनीहरूले आपराधिक लापरबाही गरेको आरोप छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बेंगलुरु प्रहरी आयुक्तसहित ८ अधिकारीलाई निलम्बन गरिएको छ। यसमा अतिरिक्त प्रहरी आयुक्त, कब्बन पार्क प्रहरी स्टेसन इन्चार्ज, एसीपी, डीसीपी सेन्ट्रल डिभिजन, क्रिकेट स्टेडियम इन्चार्ज, स्टेसन हाउस मास्टर, स्टेसन हाउस अफिसर समावेश छन्।

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको उपलक्ष्यमा बुधबार (जुन ४) विजयोत्सव मनाउने क्रममा भागदौड हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको हो। मृत्यु भएका व्यक्तिमा ३५ वर्ष मुनिका थिए भने ३ जना किशोरकिशोरी थिए।

घटना सम्बन्धमा कर्नाटक सरकारले त्यहाँको उच्च अदालतमा स्थिति प्रतिवेदन पेस गरेको छ। 

कर्नाटक सरकारका अनुसार घटनाको अनुसन्धान सीआईडीले गर्ने छ। उच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको अध्यक्षतामा एसआईटी (विशेष अनुसन्धान टोली) पनि गठन गरिएको छ, जसले ३० दिनमा प्रतिवेदन पेस गर्नेछ।

अब अर्को सुनुवाइ जुन १० मा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad