ग्लोबल


हमासका गाजा प्रमुख मारिएको इजरायलको दाबी

हमासका गाजा प्रमुख मारिएको इजरायलको दाबी

नेपालखबर
जेठ १५, २०८२ बिहिबार ५:२८, काठमाडौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना सेनाले हमासका गाजा प्रमुख मोहम्मद सिनवार 'मारिएको' दाबी गरेका छन्।

मोहम्मद सिनवार इजरायलका मोस्ट वान्टेड व्यक्तिमध्ये एक तथा हमासका पूर्वनेता याह्या सिनवारका भाइ थिए।

दक्षिणी सहर खान युनिसको युरोपेली अस्पतालको आँगन र वरपरका क्षेत्रमा मोहम्मद सिनवारलाई लक्ष्य गरी ठूलो आक्रमण गरिएको थियो। आक्रमणमा हमासको 'भूमिगत पूर्वाधार' ध्वस्त भएको थियो।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले त्यतिबेला २८ जनाको मृत्यु भएको जानकारी दिएको थियो।त्यही क्रममा उनी मारिएको इजरायलका प्रधानमन्त्री नेतन्याहुको भनाइ छ। 

हमासले भने सिनवारको मृत्युको पुष्टि वा अस्वीकार गरेको छैन।

याह्या सिनवारको हत्या भने इजरायली सैनिकहरूले गत वर्ष अक्टोबरमै गरेका थिए।

उनलाई ७ अक्टोबर २०२३ मा इजरायलमा भएको आक्रमणको मास्टरमाइन्ड मानिएको थियो।

६०० दिनअघि इजरायलमा हमासले गरेको आक्रमणमा लगभग १,२०० जना मारिएका थिए र २५१ जनालाई बन्धक बनाइएको थियो।

जवाफमा इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसबेलादेखि अहिलेसम्म गाजामा कम्तीमा ५४,०८४ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad