ग्लोबल


पाकिस्तानको आशंका: अब भारतले जुनसुकै बेला सैन्य आक्रमण गर्न सक्छ

पाकिस्तानको आशंका: अब भारतले जुनसुकै बेला सैन्य आक्रमण गर्न सक्छ

फाइल तस्बिर: पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ


नेपालखबर
बैशाख १५, २०८२ सोमबार २१:२५, काठमाडौँ

भारतीय राज्य जम्मु-कश्मीरको पहलगाममा एक नेपालीसमेत २६ जनाको ज्यान जाने गरी आतंकवादी हमला भएको सोमबार (अप्रिल २८) ६ दिन पूरा भएको छ। जुन घटनाले दिल्लीदेखि श्रीनगरसम्म त्रास फैलिएको छ।

घटनाको दोष पाकिस्तानलाई दिँदै भारतले सिन्धु जल सन्धि निलम्बनलगायत विभिन्न कारबाही अघि बढाएको छ। 

यसैबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले आफ्नो देशमा जुनसुकै बेला सैन्य कारबाही गर्न सक्ने आशंका गरेका छन्। 

आसिफले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन्, ‘हामीले हाम्रा सेनालाई बलियो बनाएका छौँ किनभने अब जुनसुकै बेला आक्रमण हुन सक्छ। पाकिस्तानी सेनाले सम्भावित भारतीय आक्रमणबारे सरकारलाई जानकारी गराएको छ।’

भारतीय सञ्चारमाध्यमका अनुसार आतंकवादी हमलाका थप दुई भिडिओ सार्वजनिक भएका छन्। जसमा गोली चलेको आवाज सुनिन्छ। मानिसहरू ज्यान जोगाउन दौडिरहेको देखिन्छ। एउटा युवक लडिरहेका छन्।

दोस्रो भिडिओमा गोलीबारी भइरहेका बेला पर्यटकहरू भाग्न खोजिरहेको देखिन्छ। 

समाचार एजेन्सी पीटीआईका अनुसार उक्त घटना भएको पछिल्ला ६ दिनमा एक हजार भारतीय पाकिस्तानबाट स्वदेश फर्किएका छन् भने सोमबार (अप्रिल २८) सम्म ८०० पाकिस्तानीले भारत छाडेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad