ग्लोबल


पुटिनद्वारा युक्रेनमा एकपक्षीय इस्टर युद्धविराम घोषणा

पुटिनद्वारा युक्रेनमा एकपक्षीय इस्टर युद्धविराम घोषणा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन


नेपालखबर
बैशाख ६, २०८२ शनिबार २१:१३, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा एकपक्षीय इस्टर युद्धविरामको घोषणा गरेका छन्।

उनले युद्धविराम अवधिमा युक्रेनमा सबै सैन्य कारबाही रोक्न आदेश दिएका छन् र युक्रेनले पनि त्यस्तै गर्ने अपेक्षा गरेको बताएका छन्।

अनलाइन सेयर गरिएको भिडिओमा पुटिनले भनेका छन्- यदि कुनै उत्तेजना उत्पन्न भएमा वा युद्धविराम उल्लंघन भएमा रुसी सेनाहरू प्रतिकार गर्न तयार हुनेछन्।

रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसले मस्को समयअनुसार शनिबार साँझ ६ बजेदेखि आइतबार मध्यरातसम्म सबै सैन्य अपरेसन रोक्ने पुष्टि गरेको छ। 

मन्त्रालयले सबै सैन्य कारबाही रोक्न आदेश दिइएको बताएको छ।

यसअघि शुक्रबार मात्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले युद्धविरामको संकेत नदेखिए रुस-युक्रेनबीच शान्ति स्थापनाका लागि अमेरिकाले मध्यस्थताबाट हात झिक्ने चेतावनी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad