ग्लोबल


अमेरिकी करविरुद्ध दक्षिणपूर्वी एसियाली देशको भ्रमणमा सी

भियतनामपछि पुगे मलेसिया
अमेरिकी करविरुद्ध दक्षिणपूर्वी एसियाली देशको भ्रमणमा सी

चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी करविरुद्ध दक्षिणपूर्वी एसियाली देशहरूलाई परिचालन गर्ने प्रयास गरिरहेका छन्।


नेपालखबर
बैशाख ३, २०८२ बुधबार १३:३३, काठमाडौँ

चीनका राष्ट्रपति सी चिनफिङ बुधबार मलेसिया पुगेका छन्। यसपछि उनी कम्बोडिया जानेछन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सी हाल दक्षिणपूर्वी एसियाली देशको भ्रमणमा छन्। उनको भ्रमणको उद्देश्य यी देशहरूसँग आर्थिक सहयोग बढाउनु हो।

यसअघि मंगलबार सनी भियतनाम पुगेका थिए। जहाँ उनले धेरै सम्झौतामा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ।

अमेरिकाले दक्षिण पूर्वी एसियाका केही देशमा धेरै उच्च शुल्क लगाएको छ। यसमा भियतनाममा ४६ प्रतिशत र कम्बोडियामा ४९ प्रतिशत भन्सार लगाइएको छ। यद्यपि, अमेरिकाले यो ट्यारिफलाई ९० दिनका लागि स्थगन गरेको छ। 

विश्वभरका सरकारहरू अमेरिकी राष्ट्रपति ट्रम्पसँग भन्सार मुद्दामा सम्झौता गर्न प्रयासरत छन् भने अर्कातर्फ चीन धेरै देशलाई अमेरिकी भन्सारविरुद्ध एकताबद्ध हुन अपिल गरिरहेको छ।

अमेरिकी करको जवाफमा चीनले अमेरिकाबाट आउने सामानमा १२५ प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेको छ। 

यद्यपि, अमेरिकाले राष्ट्रपति सीको भ्रमणलाई पनि ध्यानमा राखेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार पत्रकारहरूलाई चीन र भियतनामबीचको वार्ता ‘अमेरिकालाई हानि पुर्‍याउने’ उपाय खोज्ने उद्देश्यले भएको आरोप लगाएका थिए। 

यसैबीच चीनले अमेरिकासँग जारी कर तनाव तनाव व्यवस्थापनमा पहल गर्न भन्दै बुधबार नयाँ व्यापार दूत नियुक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad