ग्लोबल


म्यानमार र थाइल्यान्डमा भूकम्प: १ जनाको मृत्यु, ५० व्यक्ति बेपत्ता (भिडिओ)

म्यानमार र थाइल्यान्डमा भूकम्प: १ जनाको मृत्यु, ५० व्यक्ति बेपत्ता (भिडिओ)

भूकम्पले बैंककमा भत्किएका भवन


नेपालखबर
चैत १५, २०८१ शुक्रबार १४:४९, काठमाडौँ

थाइल्यान्डको बैंककसमेत हल्लिने गरी शुक्रबार म्यानमारमा गएको शक्तिशाली भूकम्पका कारण भएका क्षतिका विवरण आउन थालेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार म्यानमारको सागिङ केन्द्रबिन्दु भएर  ७.७ म्याग्निच्युडको भूकम्प गएको हो। 

भूकम्प यति शक्तिशाली थियो कि जसको धक्का थाइल्यान्डको राजधानी बैंककमा समेत महसुस गरिएको थियो।

बैंककमा भूकम्पको भिडिओ-

भूकम्पका कारण थाइल्यान्डमा एक जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन्।

भूकम्पले म्यानमारको मण्डलेको इरावदी नदीमा रहेको लोकप्रिय अवा पुल पनि भत्किएको बताइएको छ।

म्यानम्यारमा भूकम्प जाँदाको भिडिओ-

चीन र ताइवानका केही भागमा पनि भूकम्पको धक्का महसुस भएको बताइएको छ।

भूकम्पका कारण म्यानमारको मण्डले सहरमा सबैभन्दा बढी क्षति पुगेको छ। सहरका धेरै मन्दिर र बौद्ध स्थल ध्वस्त भएका छन्।

भूकम्पको धक्का बंगलादेशमा पनि महसुस गरिएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad