ग्लोबल


दक्षिण कोरियामा डढेलो: कम्तीमा २७ जनाको मृत्यु

दक्षिण कोरियामा डढेलो: कम्तीमा २७ जनाको मृत्यु

नेपालखबर
चैत १४, २०८१ बिहिबार २०:६, काठमाडौँ

दक्षिण कोरियाको जंगलमा लागेको भीषण आगलागीमा हालसम्म कम्तीमा २७ जनाको मृत्यु भएको  छ।

दक्षिण कोरियाली गृह मन्त्रालयले बिहीबार (मार्च २७) विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो।

स्थानीय अधिकारीहरूले मृतकमध्ये धेरैजसो ६० र ७० वर्ष उमेरका रहेको बताएका छन्।

जंगलको डढेलोमा परी ३२ जना घाइते भएका छन्।

आगलागीका कारण हजारौँ मानिस विस्थापित भएका छन्। आगलागीबाट धेरै प्राचीन स्थल पनि नष्ट भएका छन्। जसमध्ये १३०० वर्ष पुरानो बौद्ध मन्दिर पनि एक हो।

मार्च २१ मा दक्षिण-पूर्वी दक्षिण कोरियाका जंगलमा डढेलो सुरु भएको हो। आगलागीले एकहप्ता भित्र ३५,००० हेक्टरभन्दा बढी क्षेत्रफल जलाएको छ।

अधिकारीहरूले तीव्र हावा र सुक्खा जमिनका कारण आगो द्रुत गतिमा फैलिएको बताएका छन्।

तेज हावाकै कारण हेलिकप्टर उडाउनसमेत जोखिमपूर्ण बनेको छ।

मंगलबार आगो निभाउने प्रयास गर्दा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad