ग्लोबल


भारत भ्रमणको तयारीमा पुटिन

भारत भ्रमणको तयारीमा पुटिन

नेपालखबर
चैत १४, २०८१ बिहिबार १९:५३, काठमाडौँ

रुसका विदेशमन्त्री सर्गेई लाभरोभले आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनले भारत भ्रमणको तयारी गरिरहेको बताएका छन्।

समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार, रुसी विदेशमन्त्री लाभरोभले पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणका लागि दिएको निमन्त्रणा स्वीकार गरेका छन्। 

रुसी विदेशमन्त्रीले पुटिनले भारत भ्रमण गर्ने तयारी भइरहेको बिहीबार बताएका हुन्।

रुसी अन्तर्राष्ट्रिय मामिला परिषद् (आरआईएसी) द्वारा आयोजित ‘रुस र भारत: नयाँ द्विपक्षीय एजेन्डातर्फ’ सम्मेलनमा भिडिओ सम्बोधनमार्फत सर्गेई लाभरोभले पुटिनको भारत भ्रमणको बारेमा जानकारी दिए।

रुसी समाचार एजेन्सी तासले रुसी विदेशमन्त्रीलाई उद्धृत गर्दै भनेको छ, ‘राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय सरकार प्रमुख (प्रधानमन्त्री नरेन्द्र मोदी) ले दिएको भारत भ्रमणको निमन्त्रणा स्वीकार गर्नुभएको छ। रुसी राष्ट्रप्रमुखको भारत गणतन्त्र भ्रमणको लागि अब तयारी भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad