अमेरिकामा शनिबार युक्रेनको समर्थनमा प्रदर्शन भएको छ।
शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग चर्काचर्की गरेपश्चात् शनिबार सयौँ मानिस न्युयोर्क, लस एन्जलस र बोस्टनमा भेला भएर युक्रेनको समर्थनमा प्रदर्शन गरेका हुन्।
साथै भर्मन्टस्थित वेट्सफिल्डको सडकमा युक्रेन समर्थक नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको छ।
जतिबेला उपराष्ट्रपति जेडी भान्स आफ्नो परिवारसँग बिदा मनाउन त्यहाँ पुगेका थिए।
अमेरिकी मिडियाका अनुसार यो प्रदर्शनपछि उपराष्ट्रपति र उनको परिवारलाई अज्ञात स्थानमा पठाइएको छ।
एक प्रदर्शनकारी कोरी गिरोक्सले शुक्रबार ओभल अफिसमा भएका घटनाबारे भने, ‘जेडी भान्सले हद पार गरेका छन्।’
वास्तवमा शुक्रबार खनिज सम्झौता गर्न भनेर भेट गर्न पुगेका युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई ट्रम्प र भान्सले अपमानपूर्ण व्यवहार गरेका थिए।
Shares

प्रतिक्रिया