युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेपाली समयअनुसार शुक्रबार साँझ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न ह्वाइट हाउस पुगे। तर उनी जुन सहमतिका लागि भनेर त्यहाँ गएका थिए, उल्टो ट्रम्पसँग झगडा गरेर फर्किए।
अमेरिकी राष्ट्रपतिको कार्यालयमा चर्को बहस सुरु हुनुभन्दा ठीक अघि जेलेन्स्कीलाई दक्षिणपन्थी मिडिया नेटवर्क रियल अमेरिकाज भ्वाइसका राष्ट्रपति भवनका प्रमुख संवाददाता ब्रायन ग्लेनले सोधे, ‘तपाईंलाई किन लडाकु पोसाक लगाउन मन पर्छ?’
ती पत्रकारले थपे, ‘तपाईं किन सुट लगाउनु हुन्न? के तपाईंसँग सुट छ? धेरै अमेरिकीले तपाईंलाई राष्ट्रपति कार्यालयको गरिमाको सम्मान नगरेको गुनासो गरेका छन्।’
जवाफमा जेलेन्स्कीले भने, ‘युद्ध समाप्त भएपछि म यस्तै लुगा लगाउनेछु। सायद तपाईंको जस्तै केही, सायद केही राम्रो लुगा, सायद केही सस्तो लुगा।’
जेलेन्स्कीले सामान्यतया युक्रेनको विशिष्ट प्रतीक अंकित स्वेटसर्ट लगाउँछन्।
विश्वका प्रमुख नेताहरूसँगको बैठकमा पनि उनी यस्तै पोसाकमा देखिन्छन्।
Shares

प्रतिक्रिया