ग्लोबल


युक्रेनमा रुसको आक्रमण, १२ सर्वसाधारण मारिए

युक्रेनमा रुसको आक्रमण, १२ सर्वसाधारण मारिए

रुस र युक्रेनबीचको लडाइँ फेब्रुअरी २०२२ मा सुरु भएको थियो।


नेपालखबर
फागुन ९, २०८१ शुक्रबार १९:५०, काठमाडौँ

रुस-युक्रेन युद्ध अन्त्य गर्ने प्रयास भइरहेका बेला रुसी आक्रमणमा १२ जना सर्वसाधारण मारिएको खबर सार्वजनिक भएको छ।

युक्रेनी अधिकारीहरूका अनुसार अघिल्लो दिन रुसी आक्रमणमा १२ जना सर्वसाधारण मारिएका हुन्। यस्तै ६ जना घाइते भएका छन्। 

यस विषयमा रुसी सेनाले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

स्थानीय अधिकारीहरूले आक्रमणबाट डोनेट्स्क, खेरसन, निकोपोल र जापोरिजिया क्षेत्रहरूमा दर्जनौँ घर ध्वस्त भएको र पूर्वाधारमा क्षति पुगेको बताएका छन्।

क्षेत्रीय प्रमुख वादिम फिल्यास्किनले टेलिग्राम पोस्टमा डोनेट्स्कबाट लगभग १८३ जनालाई बाहिर निकालिएको बताएका छन्।

अधिकारीहरूका अनुसार रुसी आक्रमणले किभ र पोटेम्का क्षेत्रहरूमा पूर्वाधार र विद्युत लाइनमा पनि क्षति पुर्‍याएको छ।

यसैबीच युक्रेनी वायुसेनाले रातारात प्रक्षेपण गरिएका १६० रुसी ड्रोनमध्ये ८७ वटालाई खसालेको बताएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad